
विनोदसिंह विष्ट (इमेज)
बैतडी, साउन १० । बैतडीमा १२ दिनपछि कोरोना संक्रमित भेटिएका छन् ।
गएको असार ३० गतेयता शनिबार पहिलोपटक तीनजना संक्रमित भेटिएका हुन् ।
डडेल्धुरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा सुर्नया गाउँपालिकाका दुई पुरुष र पाटन नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट फर्किएर स्थानीय तहको ‘क्वारेन्टिन’मा बसेका थिए ।
संक्रमण पुष्टि हुने सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
योसँगै जिल्लामा संक्रमितको संख्या ३०० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्