१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङमा रोटा खोप सञ्चालनमा


0
Shares

health

खोटाङ, साउन १० । खोटाङमा रोटा खोप सञ्चालनमा आएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित वडा स्वास्थ्य केन्द्र सोल्मामा शनिबारबाट बालबालिकाका लागि खुवाइने रोटा खोप सञ्चालनमा आएको हो ।

दुई वर्षमुनिका बालबालिकालाई पहिलोपटक छ हप्तामा र अर्कोपटक १० हप्ताको बीचमा यो खोप दिइनुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताउनुभयो ।

रोटा खोपले बालबालिकालाई झाडापखाला र निमोनियाबाट बचाउँछ ।