२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकी वरिष्ठ टेलिभिजनकर्मी रिजसको निधन


0
Shares

काठमाडौं । अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको निधन भएको छ । ८८ वर्षका फिलविनको निधन भएको उहाँको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

टक सो होस्ट, अभिनेता र प्रस्तोता फिलविनले सन् १९५० को मध्यतिरबाट टेलिभिजनमा काम गर्न थाल्नुभएको थियो ।

उहाँ ‘लाइभ विथ रिजस’ नामक टक सो बाट चर्चित हुनुभयो । उहाँले ‘हू वान्ट्स टू बी अ मिलिनिएर’ नामक चर्चित टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्नुभएको थियो ।

सन् २०११ मा उहाँले अवकास लिएको घोषणा गर्नुभएको थियो । उहाँले २५ वर्ष भन्दा बढी समयसम्म टेलिभिजनमा काम गर्नुभएको थियो । एजेन्सी