२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ट्रक दुर्घटनामा छोराको मृत्यु बाबु घाइते


0
Shares

मकवानपुर । मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् । बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस