२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि, स्वास्थ्य आपतकाल घोषणा


0
Shares

काठमाडौं । उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ । उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आकस्मिक बैठक बोलाएका छन् ।

आज एक जनामा भाइरसको संक्रमण पुष्टि भएपछि ती व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ । तीन वर्ष अघि दक्षिण कोरिया गएका ती व्यक्ति अवैधानिक रुपमा १९ जुलाईमा उत्तर कोरिया प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन् ।

कोरियाको केन्द्रीय अनुसन्धान ब्यूरोले संक्रमितको अवैध प्रवेशबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रवेश गर्न दिने अधिकारीलाई कडा कारबाही गरिने शासक किमले जनाएका छन् । एजेन्सी