१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाग्लुङ पहिरोमा पुरिएका एक चालकको शव भेटियो


0
Shares


बाग्लुङ । बाग्लुङ नगरपालिका–१ खनिया घाटमा शनिबार राती गएको सुख्खा पहिरो खस्दा दुई बेपत्ता भएका दुई चालक मध्ये एक जनाको शव फेला परेको छ ।

ट्याक्टर चालक रोशन किसानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा खोजी तीव्र भइरहेको रिजालको भनाई छ ।

लगातार पहिरो खस्दा उनीहरुको उद्दारमा कठिनाइ भएको बताइएको छ ।

मध्यपहाडी लोकमार्गको रामरेखा खण्डका लागि ग्राभेल सामग्री निकाल्ने क्रममा गएको सुख्खा पहिरोले एक स्काभेटर, एक ट्रिपर र एक ट्रयाक्टर पुरिदा दुई चालक वेपत्ता भएका हुन् ।