कैलाली । सुदुरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको कैलालीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ ।
कैलालीमा प्रदेशमै सबैभन्दा बढि ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भइसकेको छ । कैलालीमा सबैभन्दा बढि चार जना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ ।
कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी १ हजार ९ सय बढी घर र स्थानीय तहको क्वारेन्टिनमा छन प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत ६ दिनदेखि खाली रहेको छ ।
प्रतिक्रिया दिनुहोस्