
काठमाडौं । संयुक्त राज्य अमेरिकाले अफगान र तालिवानी विद्रोहीसँग वार्ताका लागि विशेष दुत पठाएको छ ।
अफगानिस्तानको मेलमिलापका लागि संयुक्त राज्यका विशेष प्रतिनिधि जल्मयी खलीलजादले कतार, पाकिस्तान, अफगानिस्तन इराक र नर्वेलगायतका देशको भ्रमण गर्ने विदेश विभागले जनाएको छ ।
कतार र अफगानिस्तानमा विशेष दुत खलीलजादले विद्रोही र सरकारबीच वार्ताका लागि दुवै पक्षसँग छलफल गर्ने बताइएको छ ।
यस्तै शान्तिपूर्ण वार्ताका लागि दुवै पक्षको नियन्त्रणमा रहेका कैदी, सुरक्षाकर्मी र सर्वसाधारणलाई रिहा गर्न विशेष भूमिका खेल्ने विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
विशेष दुत खलीलजादले अफगान वार्ता अघि बढाउन पाकिस्तानको सहयोग खोज्ने र संयुक्त राज्य अमेरिकाको उतर एटलान्टिक सन्धि संगठन (नाटो)लाई अफगान शान्ति प्रक्रियामा सहयोगीको रुपमा अघि सार्ने बताइएको छ ।
दुवै पक्ष वार्ता तथा संवादका लागि तयार रहेकाले ४० वर्षदेखि अफगानिस्तानमा जारी आन्तरिक द्वन्द्व अन्त्य हुने अमेरिकी अधिकारीहरुको अपेक्षा रहेको छ ।
अफगानिस्तान र तालिवानी लडाकूहरुबीच कैदी आदानप्रदान गर्ने विषयमा मतभेद बढेका बेला विशेष दुत खलीलजादले उक्त देशको भ्रमण गर्नुभएको हो ।
तालिवानी र अमेरिकाबीच गत फेब्रुअरीमा भएको सम्झौताअनुसार अफगानिस्तान सरकारले पाँच हजार तालिवानी कैदी रिहा गर्ने र तालिवानीले पनि एक हजार भन्दा बढी बन्दी बनाइएकाहरु रिहा गर्ने सहमति भएको थियो ।
तर दुवै पक्षबीच विश्वासको वातावरण नबनेकाले पूर्व सहमति अनुसार मार्च १० बाट सुरु गर्नुपर्ने कैदीबन्दी रिहाइ ढिलो भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्