१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजेट आफूखुशी बाँडेको भन्दै छत्रदेवको वडा कार्यालयमा तालाबन्दी


0
Shares

अर्घाखाँची । छत्रदेव गाउँपालिकाको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाको वडा नम्बर– ७ ले आफूखुशी बजेट वितरण गरेको भन्दै नेपाली काँग्रेस वडा कार्य समितिले वडा कार्यलयमा तालाबन्दी गरेको हो ।

सरकारी कर्मचारी संगठनका व्यक्ति तथा नातेदारलगायतलाई बजेट वितरण गरेको भन्दै तालाबन्दी गरिएको हो ।

गाउँपालिकामा आएको बजेट व्यक्तिगत प्रयोजन र नेकपाका नेता कार्यकर्तालाई मात्र बितरण गरेको आरोप कांग्रेसले लगाएको छ ।