
स्याङ्जा । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोनाबाट मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ का रोशन श्रेष्ठको मृत्यु भएको हो ।
साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचारार्थ ३४ वर्षीय श्रेष्ठको हिजो साँझ मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्