१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा महानगरपालिकामा अनियमितता भएको भन्दै वडाध्यक्षहरुको विरोध


0
Shares

pokhara

पोखरा, साउन १२ । पोखरा महानगरपालिकामा अनियमितता भएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिकाको काम–कारबाहीमा असन्तुष्टि जनाएका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सचेतक एवं पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले अनियमितता सम्बन्धमा १२ बुँदे सुझावपत्र महानगरलाई बुझाएको बताउनुभयो ।

विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, अनियमितता गरेको, ठेक्कावापतको रकम अझै असुल नगरेको भन्दै कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले संयुक्तरुपमा विरोध गरेका छन् ।

महानगरपालिकाका ३३ वडामध्ये ११ ओटा वडामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले महानगरको कामप्रति विरोध गरेका हुन् ।