
फाइल तस्वीर ।
पोखरा, साउन १२ । ‘लकडाउन’का कारण पोखरामा रोकिएका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गर्न माग गरेका छन् ।
सोमबार पोखरामा विभिन्न देशका पर्यटकहरुले पत्रकारसँग कुरा गर्दै नेपालमा हाल कोरोनाबाट आफूहरु सुरक्षित भएकाले थप केही समय नेपालमै बस्न चाहेकोले भिसाको म्याद थप गरिदिन आग्रह गरेका हुन् ।
अमेरिका, अष्ट्रेलिया, इटाली, उरुग्वेसहितका युरोपेली मुलुकका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गर्न माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्