१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेक्वान्दो संघका १२ पदाधिकारीहरुको सामूहिक बिदाइ


0
Shares

sports

काठमाडौं, साउन १२ । नेपाल तेक्वान्दो संघले आफ्नो कार्यसमितिमा रहेका १२ जनालाई बिदाइ गरेको छ ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत् कर्मचारीले संघमा आवद्ध हुन नपाउने नियम बनेपछि तेक्वान्दो संघका १२ जनाले खेलकुद परिषद्को जागिर बचाउन संघबाट राजीनामा दिएका थिए ।

योसँगै १२ जनालाई संघका अध्यक्ष प्रकाशशमशेर राणाले सोमबार सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गर्नुभयो ।

१२ जना प्रशिक्षकदेखि विभिन्न विभागमा रहेर खेलकुद परिषद्मा काम गरिरहेका छन् ।

बिदाइ हुनेमा संघका सचिव नविनकुमार श्रेष्ठ, सचिव एवं प्रवक्ता दीपक विष्ट तथा सहकोषाध्यक्ष सुुमनकुमार घले हुन् ।

त्यसैगरी, नौजना सदस्यहरु टिकाप्रसाद लिम्बु, संगीना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान् थापामगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिराबहादुर थापा र मीन न्यौपाने हुन् ।

संगीना वैद्य र दीपक विष्टलगायतलाई सरकारले दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जितेपछि प्रशिक्षकको जागिर पुरस्कारस्वरुप दिएको थियो ।

बिदाइका अवसरमा बोल्दै संघका अध्यक्ष राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको योगदानका लागि अनुरोध गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।