२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


‘राखेप’ सदस्यसचिवमा फेरि रमेश सिलवाल


0
Shares

sports

काठमाडौं, साउन १२ । रमेशकुमार सिलवाल फेरि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव बन्न सफल हुनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिवमा पुनः नियुक्त गरेको हो ।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लाागि सिलवाललाई सदस्यसचिव नियुक्त गर्नुभएको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐनअनुसार उहाँसहितको राखेप बोर्ड गत असार १७ गते पदमुक्त भएको थियो ।

पहिलोपटक २७ जनाले सदस्यसचिवका लागि आवेदन दिएकामा छनोट समितिले सिलवाल, नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा र पूर्वराष्ट्रिय भलिबल खेलाडी अञ्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो । तीनमध्ये मन्त्रिपरिषद्ले सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषद्ले उपाध्यक्षमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकटका शिव कोइरालालाई नियुक्त गरेको छ । निवर्तमान उपाध्यक्ष पिताम्बर तिम्सिना भने फालिनुभएको छ ।

योसँगै राखेपमा फेरिपनि राजनीतिक भागबन्डाका रुपमा बोर्ड तयार हुने भएको छ ।