
रौतहट, साउन १२ । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ ।
मिल्स बन्द हुँदा रौतहटलगायत आसपास क्षेत्रका किसान मर्कामा परेका छन् । किसानको तिर्नुपर्ने बक्यौता रकम चुक्ता नगरी मिल्स बन्द गरीएको छ ।
उद्योग व्यवस्थापनले साउन ९ गतेको निर्णय भन्दै साउन ११ गते स्थायीरुपमा मिल्स बन्द गरेको जनाएको छ ।
घाटा व्यहोर्नुपरेको भन्दै मिल्स बन्द गरिएको हो ।
मिल्सले आर्थिक वर्ष २०७५/०७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ बढी घाटामा गएको जनाएको छ ।
घाटाको बहाना बनाउँदै मिल्स बन्द गरिएको भन्दै किसानले विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्