१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्ध लड्न छिमेकी देशहरु चीनको प्राथमिकतामा : खोप तयार हुनेवित्तिकै नेपाल पठाइदिने


0
Shares

काठमाडौं । चीनले कोभिड १९ संग जुध्न नेपाल सहित छिमेकी राष्ट्रहरुलाई सहयोगका लागि उच्चतम सूचीमा राखेको बताएको छ ।

छिमेकी मुलक नेपाल, अफगानिस्तान, र पाकिस्तानका परराष्ट्रमन्त्रीहरु संगको भर्चुअल भिडियो कन्फरेन्समा बोल्दै चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ संग जुध्न नेपालसंग पनि निकट सहकार्य भइरहेको जानकारी दिनुभयो ।

चीनका बिदेशमन्त्री वाङ यीले कोभिड १९ लाई परास्त गर्न बहुपक्षीय प्रयास आवश्यक रहेको बताउँदै कोरोना बिरुद्धको खोप धमाधम बन्ने क्रममा रहेको र तयार हुने बितिकै छिमेकी मुलुकहरुमा पुर्याउने बचन दिनुभयो ।

बैठकमा सम्बोधन गर्ने क्रममा चिनियाँ बिदेशमन्त्री यीले नेपालले कोरोनासंग जुध्न सही उपाय अपनाएको भन्दै परिस्थिती सरकारको नियन्त्रणमा रहेको प्रष्ट पार्नुभयो ।

चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोनाको स्थिती बारे जानकारी गराउनु भएको थियो ।

लगभग ४५ मिनेटसम्म भएको भिडियो कन्फरेन्समा चीन, नेपाल लगाएत पाकिस्तान र अफगानिस्तानका बिदेशमन्त्रीहरु सहभागी भएका थिए ।

पाकिस्तान र अफगानिस्तानका बिदेशमन्त्रीहरुले पनि कोभिड १९ बिरुद्ध लडाईमा आ–आफनो देशको अनुभव प्रस्तुत गर्नुभएको थियो ।