
REUTERS
स्याङ्जा । स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ ।
अघिल्लो पटक ३ जनामा संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा नमूना संकलन गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
आइतबार प्रदेश १ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ ।
हालसम्म नेपाल प्रहरीमा १सय ६० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया दिनुहोस्