१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैलेखमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

दैलेख । दैलेखमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका मध्ये ८ जना कृषि विकास कार्यालय दैलेखका कर्मचारी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सवै स्थानीय तह र सवै कार्यालयहरुलाई अतिआवश्यक काम बाहेकका अन्य काम अर्काे सुचना नभए सम्मको लागि बन्द गर्न निर्देशन दिएको छ ।

यो सहित दैलेखमा कोरोना संक्रमितको सख्या ९ सय १८ जना पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ का फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।