१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटी कारागार चलान


0
Shares

काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र आफूलाई युट्युबर बताउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई गत असार १४ गते काठमाडौंको बानियाँटार घरबाट पक्राउ गरेको थियो ।

३८ वर्षीय शिवाकोटीलाई काठमाडौंका दुई किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ ।

‘मेकिङ नेपाल’ युट्युव च्यानलका संचालक शिवाकोटीले १४ बर्षीया किशोरीलाई बिगत २०७६ साल असोज देखि डर त्रास देखाउदै यौन शोषण गर्दै आइरहेका थिए