२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ललितपुरमा स्मार्ट सडक बत्ती संचालनमा, सर्भर रुमबाटै बत्ती नियन्त्रण गर्न सकिने


13
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले आज(मंगलबार)बाट स्मार्ट सडक बत्ती संचालनमा ल्याएको छ ।

कुपण्डोलस्थित नबिल बैंकअगाडी सडक बत्तीको उद्घाटन गर्दै मेयर चिरीबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणको सहकार्यमा महानगरपालिकाभित्रका तीन वटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको बताउनुभयो ।

उहाँले बाग्मती पुलबाट जावलाखेल लगनखेल हुँदै सातदोबाटोसम्म साथै हिमालय होटेल, पाटनढोका, अशोक हल, र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिने बताउनुभयो ।

सडकमा बत्ती निभाउन, बाल्न र पावर कम गर्न सर्भर रुमबाट नियन्त्रण गर्ने महानगरपालिकाले जनाएको छ ।

बत्तीको बीलसमेत महानगरपालिकाले नै भक्तानी गर्नेछ । गत २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनाको कुल ५ करोड २० लाख लागत रहेको जनाइएको छ ।

यस्तै महानगरपालिकाले पहिलो चरणको काम सकिएलगत्तै दोस्रो चरणमा बुंङ्मती, खोकना, सुनाकोठी, धापाखेलबाट काम सुरु गर्ने पनि जनाएको छ ।