५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पर्खालमार्फत नोट आदानप्रदान गरेपछि इरानमा अष्ट्रेलियन महिलालाई जेल सारियो


0
Shares

काठमाडौं । इरानले जासुसीको आरोपमा १० बर्षको जेल सजाय भोगिरहेकी अष्ट्रेलियन महिला प्राध्यापकलाई दुर्गम स्थानको कारागारमा सारेको छ ।

अष्ट्रेलियाको मेलवर्न बिश्वबिद्यालयका प्राध्यापक काइली मुर गिल्बर्ट सन् २०१८ को सेप्टेम्बरदेखि इरानको तेहरानमा रहेको कारागारमा रहेकी थिइन् ।

आफूमाथि लागेको अभियोग झुठो भन्दै पटक पटक कारागारमा भोक हडताल र अनसन समेत बसेकी गिल्बर्ट पछिल्लो दुइबर्ष कारागारको भुंइमा रात बिताउँदै आएकी थिइन ।

एकल बन्दीगृहमा राखिएकी गिल्बर्टले आफूमाथि झूठो अभियोग लगाइएको भन्दै नोट लेखी कारागारको पर्खालबाट अन्य कैदीहरुलाई दिने गरेको र उनलाई कारागारका कर्मचारीले यातना दिएको उनको भनाइ छ ।

उनलाई कारागार स्थानान्तर गर्ने क्रममा इरानी मानवअधिकारकर्मीलाई फोन गरी आफ्नो अवस्था निकै नाजुक भएको जिकिर गरेकी थिइन ।

बरु उल्टै इरानले आफूलाई जासुसको रुपमा काम गर्न गरेको आग्रहलाई अस्वीकार गरेपछि आफु पक्राउ परेको उनको दाबी छ । उनी सन् २०१८ मा तेहरानको बिमानस्थलबाट पक्राउ परेकी थिइन ।