१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तटबन्ध भत्काएर कन्काइ नदीको भंगालो बस्तीमा पस्यो, १ सय ३ घर विस्थापित


0
Shares

सुरेन्द्र भण्डारी/ईमेज
झापा । कन्काई माईमा आएको बढीले तटबन्ध भत्काएर नदीको भंगालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १ सय ३ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

सयौं विगाहा जमिन वगरमा परिणत भएको छ । घर जोखिममा परेपछि स्थानीयले हारगुहार मागेपनि कसैले वास्ता नगर्दा समस्या झनै बढेको छ ।

हुलाकी राजमार्ग अन्र्तगत कनकाई नदीमा निर्माणाधीन कनकाई नदीलाई पूर्व तर्फ मोडेका कारण झापा गाउँपालिकाका स्थानीय वासिन्दाले यस वर्ष पनि सास्ती झेलेका छन् ।

कनकाई माइमा आएको बढीले झण्डै तीनस सय मिटर बाँध भत्काएर नदीको भंगालो बस्तीमा पस्दा झापा गाउँपालिकाका स्थानीय वासिन्दाले सास्ती झेलेका हुन् ।

नदीको भंगालो गाउँपसेपछि झापा गाउँपालिका १ को मिलन वस्ती र वडा नम्वर २ को सडकवारीका दुई वस्तीका वासिन्दा पूर्ण रुपमा विस्थापित भएकाछन् ।

डुवानमा परेका दुवै वस्तीका वासिन्दालाई सुरक्षित स्थानमा सारिएपनि त्यहाँको सयौं विगाह खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

एकातिर डुवानको चपेटा अर्काेतिर आफूले चुनेका नेताले समेत राम्रो काम गर्न नसकेको भन्दै पीडितहरुले दुखेसो पोखेकाछन् ।

झापा गाउँपालिकाको पूर्ब तर्फ विरिङ र पश्चिम तर्फ पनि कनकाई माई भएका कारण झापा गाउँपालिकाका केही वस्ती हरेक वर्ष डुवानमा पर्ने गरेका छन् ।

अझ यस वर्ष कनकाई माइमा पुल निर्माणका कारण नदीलाई पूर्व तर्फ फर्काएपछि झापा गाउँपालिका बाढीको उच्च जोखिममा परेकाले नदीलाई पहिलाकै स्थानमा फर्काउनु पर्ने गाउँपालिका वासीको माग छ ।

बस्ती छिरेको कनकाई माइको भंगालो छेक्न अहिले कनकाई नदीमा अस्थायी रुपमा रुपर निर्माण गरिएपछि त्यसले मात्र पर्याप्त नहुने स्थानीयको भनाई छ ।

हुलाकी राजर्मार्ग अन्र्तगत कनकाई माइमा पुल निर्माणका क्रममा सावधानी अपनाउँदै जनताको सुझावलाई मध्यनगर गर्दे वाँध बाधेको भए झापावासीले वर्षाको यस्तो सास्ती व्यहोर्नु पर्ने थिएन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस