
काठमाडौं, साउन १३ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतलेमात्र दोस्रो किस्ता बुझेको पाइएको छ ।
सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतलेमात्र तेस्रो किस्ता बुझिसकेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्यांकअनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतलेमात्र पहिलो किस्ता बुझेका छन् ।
त्यसैगरी, विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति छ ।
देशकाअति प्रभावित १४ जिल्लाका कुल सात लाख २८ हजार २४३ लाभग्राहीमध्ये एक लाख १८ हजार ३२९ कोे घर निर्माण सम्पन्न भइसकेको छ ।
सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछिको बन्दाबन्दीलगायत अन्य विविध कारणले गर्दा सोचेबमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताउनुभयो ।
‘प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान छ । सोबमोजिम समायावधि थपिन पनि सक्छ’–उहाँले भन्नुभयो ।
वि.सं. २०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भइ लाभग्राहीको तथ्यांक संकलन गरी रकम वितरणको काम सुरु भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्