
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन १३ । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यहाँ पछिल्लो २४ घन्टामा १३४ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये डोटीका २३ जना, कैलालीका १८ जना र कञ्चनपुरका एकजनामा संक्रमण देखिएको हो ।
डोटीको सायल गाउँपालिकाका छ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिनुभयो ।
डोटीकै आदर्श गाउँपालिकाका तीन पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै, कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई वर्षीया एक बालिकामा समेत संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार २८९ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये दुई हजार ८१९ जना ‘डिस्चार्ज’ भइसकेका छन् । नौजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्