२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दुर्घटना नजिक देखिन्छ : योगेश भट्टराई


0
Shares

yogesh bhattarai

काठमाडौं, साउन १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफ्नो पार्टी दुर्घटनाउन्मुख भएको जनाउनुभएको छ ।

मंगलबार दिउँसो ट्वीट गर्दै उहाँले यस्तो संकेत गर्नुभएको हो ।

यद्यपि, उहाँले ट्वीटमा विस्तृत कुरा खुलाउनुभएको छैन ।

‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं ।’–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका उहाँले लेख्नुभएको छ ।

नेकपाभित्रको आन्तरिक किचलोतर्फ उहाँको यो ट्वीट लक्षित रहेको बुझ्न सकिन्छ ।

नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीइतर समूहले ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेको छ । ओली पक्ष भने दुवै पद नछाड्ने अडानमा छ ।

नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतले पछिल्लोपटक कम्तीमा एक पद ओलीले छाड्दैपर्ने भन्दै दबाब बढाइरहेका छन् ।