२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा थप ८० जनामा कोरोना पुष्टि


0
Shares

coronavirus

कैलाली, साउन १३ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर फेरि बढेको छ ।

मंगलबारमात्र प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा डोटीका ५८, कैलालीका १८, बझाङका तीन र कञ्चनपुरका एकजना छन् ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ३२७ पुगेको छ । दुई हजार ८१९ जना ‘डिस्चार्ज’ भइसकेका छन् भने नौजनाको मृत्यु भएको छ ।