काठमाडौं, साउन १३ । हिरो क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
सीपीएल आयोजकले सोमबार तालिका सार्वजनिक गर्दै आठौं संस्करणको सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एन्ड टोबागोमा हुने जनाएको छ ।
यस सिजनको उद्घाटन खेलमा दुई पूर्वविजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिअर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरी, सोही दिन साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सले सेन्ट किट्स एन्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ ।
६ टिमले प्रतिस्पर्धा गर्ने लिगको फाइनल खेल सेप्टम्बर १० मा हुनेछ ।
नेपाली खेलाडी सन्दीप लामिछानेले यस सिजन जमैका तल्लावाजबाट खेल्नेछन् ।
तर, कोरोना महामारी र ‘लकडाउन’का कारण हवाई उडान नहुँदा सन्दीपले खेल्ने/नखेल्ने अझै अन्योल नै छ ।
प्रतियोगिता आउँदो सेप्टेम्बर १० सम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्