२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कालापानी र लिपुलेकमा नेपालीको प्रवेशबारे भारतलाई नेपालको जवाफः आफ्नो भूमिमा आउजाउ स्वभाविक


0
Shares

काडमाडौं । कालापानी, लिपुलेकलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमाथि प्रश्न उठाउँदै भारतले पठाएको पत्रमा नेपालले गतिलो जवाफ फर्काएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले छिमेकी भारतको धार्चुला प्रशासनले पठाएको पत्रको जवाफ फर्काउदै ती भूभाग नेपाली भएकोले नेपालीहरुको प्रवेशलाई स्वभाविक भनेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई पठाएको जवाफमा लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।

भारतले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको नेपाली पक्षको ठम्याई छ । भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

पछिल्लो समय सो क्षेत्रमा नेपाली सुरक्षाकर्मी र जनताहरुको चहलपहल बढ्न थालेपछि भारतीय प्रशासनले पत्राचार गरेको थियो ।

नेपालले नक्सामा समेटेपनि यो क्षेत्र लामो समयदेखि भारतीय सुरक्षाकर्मीहरुको नियन्त्रणमा रहेको छ ।