१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण


0
Shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयका १६ जना प्रहरी कर्मचारी र अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले १८ संक्रमित मध्ये एकजना थुनुवा, एकजना २८ महिनाको बालक र दुईजना महिला रहेको बताउनुभयो ।

यस अघि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।