३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


हङकङमा कोरोना संक्रमण फैलदैं, नियन्त्रणका लागि कडा नियम लागू


0
Shares

काठमाडौं । हङकङमा कोरोना भाइरसको संक्रमण फैलंदै गएपछि नियन्त्रणका लागि कडा नियम लागू गरिएको छ ।

नयाँ नियम अनुसार फरक परिवारका दुई जना व्यक्ती मात्रै भेट्न पाईने छ । यस्तै रेस्टुराँमा गएर खान नपाउने तर ‘टेक–अवे’ सिस्टम लागू गरिएको छ ।

सार्वजनिक स्थानमा मास्क विना हिंडडुल गर्न पाइनेछैन । शुरुमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन सफल भएको हङकङमा पछिल्लो समय दैनिक १ सय भन्दा धेरै संक्रमित थपिदै गएपछि नयाँ नियम लागू गर्न बाध्य भएको हो ।

हङकङमा संक्रमण नियन्त्रणका लागि जिमखाना तथा ब्युटिपार्लरहरु भने अहिले पनि बन्द छन् ।

हङकङमा कोरोनाका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ हजार ८ सय ८५ पुगेको छ ।एजेन्सी