
प्रकाश लम्साल
बारा । बाघ सँधै एकै ठाउँमा नबस्ने र बासस्थान परिवर्तन गरिरहने हुँदा पर्याप्त स्थान र आहारा बढे संगै पर्सा राष्टिय निकुञ्ज आधाभार बारामा दुर्लभ पाटेबाघ बढदै जान थालेको छ ।
वन्यजन्तु आरक्षबाट राष्टिय निकुञ्जमा बिस्तार भए संगै पर्याप्त क्षेत्रफल वृद्धि हुँदा बाघको आहार र वासस्थान समेत सुरक्षित बने पछि निकुञ्जमा बाघ बढेको हो ।
संरक्षणका लागि आफनै श्रोत र साधन खर्च नगरी दातृनिकायको भर पर्ने र निकुञ्जले बाघको वासस्थानमा सुधार, आहारा व्यवस्थापन, चोरी शिकारी नियन्त्रण तथा बाघ संरक्षणसम्बन्धी विभिन्न चेतनामूलक लगायतका प्रभावकारी कार्यक्रम नगरे पनि प्राकृतिक रुपमा आहार वृद्धि र वासस्थानकै कारण बाघको संख्या निकुञ्जमा बढेको बिज्ञहरुको बुझाई रहेको छ ।
आरक्ष रहेको अवस्थामा सात वटा दुर्लभ पाटेबाघ रहेको थियो आरक्ष वाट बिस्तार भई पर्सा राष्टिय निकुञ्ज भए पछि हाल करीब बीस वटा बाघ र ५ वटा डमरु रहेको पर्सा राष्टिय निकुञ्ज आधाभार बाराका प्रवक्ता अशोक रामले बताउनुभयो ।
निकुञ्जका अनुसार सन् २०१३ मा ७ सन् २०१५ मा १०, सन् २०१६ र २०१७ मा ५ वटा डमरुसहित १९ र सन् २०१७–१८ मा २० वटा पाटेबाघ ५ वटा डमरु बाघ भएको जुलोजिकल सोसाइटी अफ लण्डन, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज समेतले संयुक्त रुपमा यो बाघ गणना गरेको तथ्यांकहरुमा देखिएको छ ।
लोपोन्मुख अवस्थामा रहेका पाटेबाघबारे निकुन्जले क्यामेरा ट्रयापिङ विधिबाट पाटेबाघको एउटा तस्वीर अर्को तस्वीरसँग भिडाएर र बाघको शरीरमा रहेका धर्का हेरेर गणना गरेको थियो भने आहारजन्य प्रजातिको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको आधारमा बाघ निकुञ्जमा बढदै गएको अनुमान गरीएको हो ।
निकुञ्ज छेउछाउमा बाघ वृद्धि संगै केही दिन अघि बाराको कोल्हबी नगरपालीका ८ मा बाघ सहित दुई डमरु (बच्चा) ले एक गाई र कुकुर मारेको घटना बाहिर आएको थियो भने दुई बर्ष अघि पर्साको सखुवा प्रसौनी गाँउपालिका–१ मा पर्ने राष्ट्रिय वन छेउको महादेव खोलाको झाडीमा अन्दाजी १० वर्ष उमेरको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो ।
बाराको चुरीया, अमलेखगंज, पथलैया, पिलुबा, तमागढी वरपरको जंगलबाट राजमार्ग क्रस गर्ने बखत सवारी साधनमा सवार चालक यात्रुले बाघ देख्ने गरे संगै निकुञ्जमा बाघको चहलपहल बढेको अनुमान गर्न सकिन्छ ।
निकुञ्जले दुर्लभ पाटे बाघ प्राकृतिक रुपमै बढदै जादा आहारविहार र बासस्थानमा निगरानी र जोखिम कम गराउन बलियो भूमिका गर्नु पर्ने स्थानीयहरु बताउँछन ।
पर्सा निकुन्जमा ७ भाले, ११ पोथी र एउटा लिङ्ग पहिचान नभएको बाघ रहेको गणनामा देखिएको थियो ।
एक पटकमा चार वटासम्म बच्चा जन्माउने एउटा बघिनीले जीवनमा कम्तिमा ११ पटक बच्चा जन्माउँने र आफनो जीवनमा २२ देखि ४४ वटासम्म बच्चा जन्म दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्