१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली नदीमा खतराको संकेत, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


0
Shares

कैलाली । कर्णाली नदीको सतह १० दशमलव दुई मिटर पुगेको छ । आज बिहान १० बजेसम्म कर्णाली नदीको सतह १० दशमलव २ मिटर पुगेको छ ।

कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णालीमा लगातार सर्तकता तहभन्दा बढी वर्षा भइरहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।

उहाँले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । तटीय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।