१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित नौ को मृत्यु, शव संकलन गरी पोष्टमार्टमको तयारी


0
Shares

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरोमा पुरिएर एकै परिवारका सातसहित ९ जनाको मृत्यु भएको छ ।

नरहरिनाथ–७ मा पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

ज्यान गुमाउनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो । यस्तै १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा ज्यान गएको छ ।

यस्तै नरहरिनाथ नगरपालिका–४ पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सबैको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।