
केशव कोइराला,
बर्दिया । अविरल बर्षाका कारण बर्दियाको पश्चिमी क्षेत्रका सय बढी घर डुबानमा परेका छन् । जिल्लाका राजापुर नगरपालिकामा मात्रै सय बढी घर डुबानमा परेका हुन् ।
वडा नं १ को चनौरा, दौलतपुर, सोनपुर, टिहुनी गरि करीब ८५ घर डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सेभ सेल्टरमा राखिएको वडा नं १ का अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो ।
राजापुर वडा नं ८ को धोबिनीपुरमा १ दर्जन बढी घर डुबानमा परेका छन् । बर्षातका कारण अधिकाश क्षेत्र जलमग्न छ ।
यसैबीच वर्षाका कारण कर्णाली नदीकोे सर्तकता बिन्दू १०.२ नाघिसकेकाले जिल्ला विपद व्यवस्थापन समिती बर्दियाका संयोजक प्रमुख जिल्ल अधिकारी लिलाधर अधिकारीले तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
कर्णाली नदी बाहेकका बुढीकुला, भदाली नालाले राजापुर क्षेत्रका अधिकांश बस्तीहरु डुबानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्