२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पौडेल पक्ष छलफलमा


0
Shares

ramchandra poudel

काठमाडौं, साउन १४ । पछिल्लो केही दिनदेखि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छलफल जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी विभाग गठन र मनोयनलाई तीव्रता दिएको भन्दै वरिष्ठ नेता पौडेलले आफूनिकट नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ ।

पार्टी मुख्यालय सानेपामा अहिलेपनि छलफल जारी रहेको पौडेलनिकट केन्द्रीय सदस्य कमला पन्तले जानकारी दिनुभयो ।

महाधिवेशन कार्यतालिका सार्वजनिक भएसँगै विभाग विस्तार आचारसंहिताविपरीत भएको भन्दै पौडेल समूहले संस्थापन पक्षको विरोध गर्दै आएको छ ।

साउन १ गते अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा छलफल गर्दै विभाग गठनको विषयलाई मुद्दा बनाउने निर्णय भएको थियो ।

छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग महाधिवेशन कार्यतालिका आएपछि गरेको भन्दै तत्काल खारेज गर्नुपर्ने माग पौडेल समूहको छ ।

सभापति देउवाले फागुन १६ गते १३ ओटा र फागुन १९ गते सातओटा गरी २० ओटा विभाग गठन र विस्तार गर्नुभएको थियो ।