१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लीलादेवी सिटौलाले लिइन् सांसदको शपथ


0
Shares

politics

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

संविधान संशोधन प्रस्तावमा पार्टी ‘ह्वीप’ उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेपछि रिक्त स्थानमा सिटौला सांसद हुनुभएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर–१३ निवासी सिटौला तत्कालीन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा सिफारिस हुनुभएको थियो ।