
भरत शर्मा (इमेज)
पाल्पा, साउन १४ । पूर्वी पाल्पाको रामपुर नगरपालिकामा पाउडर दूधको खिर खाँदा ६४ जना बिरामी परेका छन् ।
रामपुर नगरपालिका–७, मोहटीका ओमबहादुर सुनारको १३औं दिनको पुन्यतिथिमा सहभागी आफन्तहरुले प्रसादको रुपमा खिर खाँदा ६४ जना बिरामी परेका हुन् ।
खिर खाएर बिरामी भएकामध्ये १० जना रामपुर अस्पतालमा र ५४ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको लुम्बिनी मेडिकल कलेजमा उपचाररत् बिरामीहरुले बताएका छन् ।
खानेकुरामा म्याद गुज्रेका र विषादीयुक्त खाना खाँदा यस्तो समस्या भएको उपचारमा संलग्न डा. उदीप महर्जनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्