१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राज्य व्यवस्था समितिद्वारा प्रतिवेदन अध्ययन उपसमिति गठन


0
Shares

काठमाडौं, साउन १४ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनओटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समिति सभापति शशी श्रेष्ठले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १८२ बमोजिम उपसमिति गठन गरेको जानकारी दिनुभयो ।

सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।

यस्तै, सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।

त्यसैगरी, सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।

सबै उपसमितिले आन्तरिक कार्यविधि आफैं निर्माण गरेर अध्ययन गर्नसक्ने छन् ।

उपसमितिमा संयोजकसहित बढीमा पाँचजना सदस्य रहने व्यवस्था भएपनि दुई समितिमा चारजनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताउनुभयो ।

उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।