१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोना संक्रमित बढ्दै, २१० जना थपिए


0
Shares

coronavirus

काठमाडौं, साउन १४ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ ।

‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको हो ।

नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

देशभर कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २१० जनामा संक्रमण पुष्टि भएसँगै जम्मा संक्रमितको संख्या १९ हजार २७३ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

हाल पाँच हजार २०२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १४ हजार २१ जना ‘डिस्चार्ज’ भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा छ हजार ३७ जनाको ‘पीसीआर’ परीक्षण भएको छ ।

देशभर हाल १४ हजार ४७१ जना ‘क्वारेन्टिन’मा रहेका छन् । हाल पाँच हजार २०३ जना ‘आइसोलेसन’मा रहेका छन् ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.14

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.14#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, July 29, 2020