१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा २५० भन्दा बढी घर डुबानमा


0
Shares

flood

बर्दिया, साउन १४ । बर्दियाका विभिन्न स्थानमा गरी २५० भन्दा बढी घर डुबानमा परेका छन् ।

राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाअन्तगर्तका विभिन्न नदी तथा खोला–नालाहरु भरिएर बस्ती डुबानमा परेका हुन् ।

बाढीबाट कुनै मानवीय क्षति नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

कर्णाली नदीमा पानीको बहाब बढेसँगै आएको बाढीबाट बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–१ सबैभन्दा बढी प्रभावित बनेको छ । सो वडाका झन्डै ९० घर डुबानमा परेका छन् ।