
काठमाडौं, साउन १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष शिव कोइरालाले बुधबार शपथग्रहण गर्नुभएको छ ।
दुवैजनाले युवा तथा खेलकुदमन्त्रीसमक्ष शपथग्रहण गर्नुभएको हो ।
उहाँहरु दुवैजनाले बुधबारै राखेपको कार्यालयमा पुगेर पदभार ग्रहणसमेत गर्नुभएको छ ।
नयाँ राष्ट्रिय खेलकुद विकास ऐन आएपछि सिलवाललगायत सबै बोर्ड सदस्यहरुको कार्यकाल गत असार १७ गते मध्यराति स्वतः सकिएको थियो ।
सदस्यसचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले खुला आवेदन आह्वान गरेको थियो ।
२७ जनाको आवदेन परेकामा सदस्यसचिव छनोट समितिले तीनजनाको नाम खेलकुद मन्त्रालयमा पेस गरेको थियो ।
सिलवाल, लिलबहादुर थापामगर र अञ्जु श्रेष्ठमध्ये सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई पुनः सदस्यसचिवमा नियुक्त गरेको हो । सोही बैठकले कोइरालालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सिलवाल प्रधानमन्त्री केपी शर्मा ओलीका र कोइराला नेकपा अध्यक्ष पुष्पकलम दाहालका विश्वासिला मानिनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्