२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा थप ७४ जनामा कोरोना, डोटीमा मात्रै ५२ जना थपिए


0
Shares

coronavirus

कैलाली, साउन १४ । सुदूरपश्चिम प्रदेशमा बुधबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १७ जना गरी थप ७४ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार संक्रमण पुष्टि भएकाहरुमा डोटीका ५२, कैलालीका र कञ्चनपुरका आठ/आठजना, डडेल्धुराका चारजना र बैतडीका दुईजना छन् ।

योसँगैै हालसम्म डोटीका ७६७, अछामका ६७८, बाजुराका ६१९, कञ्चनपुरका ५२३, डडेल्धुराका ३०७, बैतडीका २८५, बझाङका १८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका दुई हजार ८७३ जना ‘डिस्चार्ज’ भइसकेका छन् भने नौजनाको मृत्यु भएको छ ।