
काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी गरेको विभाग विस्तारलाई तत्काल रोक्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई लिखित पत्र बुझाउने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहका केन्द्रीय सदस्यहरुको भेलाले देउवालाई लिखित पत्र बुझाउने निर्णय गरेको हो ।
सभापति देउवालाई बुझाइने पत्रमा क्रियाशील सदस्यता वितरण, कांग्रेसमा नवप्रवेशीहरुलाई दिइने पदलगायतका विषयमा पारदर्शीता अपनाउन माग गरिने भएको छ ।
साउन १ गते अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा छलफल गर्दै विभाग गठनको विषयलाई महाधिवेशनको मुद्दा बनाउने निर्णय भएको थियो ।
छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग महाधिवेशन कार्यतालिका आएपछि गरेको भन्दै तत्काल खारेज गर्नुपर्ने माग पौडेल समूहको छ ।
सभापति देउवाले फागुन १६ गते १३ ओटा र फागुन १९ गते सातओटा गरी २० ओटा विभाग गठन र विस्तार गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्