
फाइल तस्वीर ।
सुनसरी, साउन १४ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
विराटनगरको कोभिड अस्पतालमा उपचाररत् उनको अवस्था गम्भीर भएपछि धरान ल्याइएको थियो ।
योसँगै नेपालका कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्