
काठमाडौं, साउन १४ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार भने डेढ अर्बमाथि रह्यो ।
उतार–चढावबीच बजार परिसूचक २३ अंकले ओरालो लागेर १४ सय ३१ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।
जीवनबिमा समूह सबैभन्दा उच्च १ सय ९० अंकले र निर्जीवन बिमा समूह पनि १ सय ५९ अंकले ओरालो लागे । होटल समूहमा ५९ अंक अनि लघुवित्त समूहमा पनि ५५ अंकको गिरावट आयो । उत्पादनमूलक, वाणिज्य बैंक, विकास बैंक र व्यापार समूह पनि दोहोरो अंकले ओर्लिए । अरु सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८७ कम्पनीको ३८ लाख बढी कित्ता सेयर १ अर्ब ६९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्