
काठमाडौं, साउन १४ । बुधबार पनि सुनको मूल्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ९८ हजार ५०० रुपैयाँको नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार पनि तोलामा ७०० ले बढेर तोलाको ९८ हजार २०० मा कारोबार भएको थियो ।
यसदिन चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय २५ मा कारोबार भएको महासंघले जनाएको छ ।
वर्ष दिनजसोमै सुनको भाउ तोलामा ३६ हजार बराबरले बढेर एक लाखनजिक पुगेको हो ।
मूल्य आकाशिँदा कारोबार प्रभावित भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
यतिखेर बजारमा सुन किन्नेभन्दा बेच्नेमात्र बढेकाले समस्या भएको व्यवसायीले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंन्स १९ सय ७० डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्