१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली नदीमा पानीको बहाव बढ्यो


0
Shares

महेन्द्रनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताउनुभयो ।

प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ ।

भारतले लामो समयदेखि महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुगे शारदा ब्यारेज (बनवासा पुल) मा ठूला सवारी साधनलाई रोक लगाउँदै आएको थियो ।

बन्दाबन्दीका कारण भारतबाट समिति समयमा नेपाली सो नाकाबाट फर्किने गरेको भए पनि सवारी साधन भने पूर्णरुपमा बन्द छन् ।

वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुनसक्ने भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रहसमेत गरिएको छ ।

महाकाली किनारमा बनिरहेको छ लेनको पहुँच मार्ग र सो क्षेत्रको तटबन्धका कारण भीमदत्तनगरपालिका–११ भुजेला र वडा नंं १२ का तटीय क्षेत्रका बासिन्दा भने सुरक्षित छन् ।

विगत वर्षहरुमा सो क्षेत्रमा महाकाली नदीले हरेक वर्ष क्षति पुर्‍याएको आएको थियो । रासस