१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपमा तैनाथ आफ्ना सेनाको रणनीति बदल्ने अमेरिकाको निर्णय, जर्मनीबाट १२ हजार सेना फिर्ता गर्ने


0
Shares

काठमाडौं । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गरेको छ ।

जस अन्तर्गत जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीमा रहेका ६ हजार ४ सय सेनालाई अमेरिका फिर्ता लग्ने र बाँकीलाई उत्तर एटलान्टिक सैन्य संगठन नेटो अन्तर्गतको बेल्जियम र इटलीमा तैनाथ गर्ने निर्णय गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

जर्मनीले नेटोको लक्ष्य अनुरुप रक्षा खर्चमा असफल भएको टिप्पणी गर्दै ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्ने निर्णय गरेको बुझिएको छ ।

साथै उहाँले नेटोका सदश्य राष्ट्रहरुले प्रतिरक्षाका लागि खर्च गर्न अन्य नेटो सदस्य राष्ट्रहरु समेत असफल भएको आरोप लगाउनु भएको छ ।

यसैबीच अमेरिकी बिदेश सचिव मार्क एस्परले अमेरिकी सेना पुनस्र्थापित गर्ने यो एक योजना मात्र भएको प्रतिक्रिया दिनुभएको छ ।

अमेरिकाको यो कदम प्रति भने जर्मनीका उच्च अधिकारीहरु भने चिन्तित छन् । (एजेन्सी)