
वीरगञ्ज । वीरगञ्जमा गएराति ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामा १५ महिला र ३८ पुरुष रहेका छन् ।
नारायणी अस्पतालले बुधवार राति ५३ जनामा कोराना संक्रमण पुष्टि भएको जनाएको छ । जसमा ३ जना डाक्टर समेत रहेका छन् ।
नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन् । यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन् ।
यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् ।
अन्य संक्रमित पनि यसअघि संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस्