१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तकोशीमा पानीको बहाव घट्यो


0
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव केही घटेको छ । हिजो भन्दा आज पानीको बहाव घटेको हो ।

पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८३ हजार ९ सय ४० पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताउनुभयो ।

आज सप्तकोशीका ५६ मध्ये २९ ढोका मात्र खोलिएका छन् । हिजो पानीको बहाव प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको थियो ।

सप्तकोशीमा एकलाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछी खतरा मान्न्छि ।